बेला बखत अभिनेत्री वर्षा सिवाकोटी आफ्नो स्ट्याटसको कारण चर्चामा आउने गर्छिन् l केही दीन अघि राजनीतिक क्षेत्रको बारे मनका कुण्ठा पोख्न सामाजिक सञ्जालमा आएकी उनी यती खेर भने बलात्कारको सिकार भएकी बैतडीकी भागरथी भट्टको बारे आवाज उठाएकी छिन् l न्यायपालिकालाई राज्य व्यवस्थालाई प्रश्न गर्दै सिवाकोटी लेख्छिन् नारीलाई भगवान् मानेर पुज्ने मेरो देशमा आज नारी स्वयं सुरक्षित छैनन्। निर्मला र सम्झनाजस्तै भागीरथीले पनि न्याय पाउँदिनन् त ? के यति असक्षम छ हाम्रो न्यायपालिका ? के यति कमजोर छ हाम्रो राज्य व्यवस्था, एउटा अपराधीको पहिचान गरी, सजाय दिन नसक्ने ? के गरिवका लागि न्याय त्यति महँगो भइसक्यो ?
तिम्रो र्यालीमा आएका जति मानिसले मेरा बहिनीहरूको लागि न्याय मागिदिए; फेरी अर्की बहिनी बलात्कृत हुन्न थिइन् कि? तिम्रो आन्दोलनको नारा यदि बलात्कार र बलात्कारीको विरुद्धमा लाग्ने गरेको भए, सायद मेरी बहिनीको बलात्कारीले सजाय पाउँथ्यो कि? हामी केका लागि लड्दै छौँ ? हाम्रो माग के हुनुपर्ने हो ? नारा के हुनुपर्ने हो ? आफै विचार गरौँ।अपराधीको मनोबल झन् बलियो बन्दै छ । पीडित अझै पिँडामै छन्। जनताको सरकार र संविधानबाट भरोसा उठ्ने बेला भइसक्यो। र देश झन् झन् अस्थिरता तर्फ जाँदै छ। कुर्सीको लडाइँ छोड, सत्यको लागि लड, जनताको पक्षमा लड ,जीत तिम्रै हुनेछ । न्याय दिन अझ विलम्ब नहोस् l