चलचित्र ‘तिमीसँगै हुने मन छ’बाट मुम्बईका रोहित सुचान्तीले डेब्यू गर्ने भएका छन् । ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखंगे हम नयाँ’ लगायत आधा दर्जन टेलिसिरियलमा काम गरे सँगै उनले रियालिटी सो बिग बोस १२ मा समेत भाग लीसकेका छन् l यसअघि चलचित्रमा नायक पल शाह र निराजन प्रधानले काम गर्ने मौखिक सहमती भएको थियो ।  प्रेम कथामा आधारित रहने चलचित्रलाई  निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्दै छन् l बलिउडबाटै छायांकार, कोरियोग्राफर साथै मेकअप म्यान सहित अन्य टिमलाई पनि झिकाउने तयारी भइरहेको छ l चैत्रको पहिलो हप्ताबाट छायांकनमा जान लागेको चलचित्र अभिनेत्रीमा दीपिका प्रसाईँ फाइनल भएकी छिन् l ओम नमः शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा यी दुईको अलावा अर्का एक अभिनेता हुने बताइएको छ l