केही समय अघि निर्देशक निश्चल बस्नेतले चलचित्र "जिन्दावाद" निर्माण गर्ने घोषणा गरेका थिए l सामाजिक सञ्जालमा घोषणा गरेता नि उनले चलचित्रमा हुने कलाकारहरूको बारे भने केही खबर पनि बाहिर लेराएका थिएन् l तर यतीबेला भने उनको "जिन्दावाद"मा दय्ह्याङ राई ,सौगात मल्ल र स्वस्तिमा हुन सक्ने बताइएको छ l मौखिक रूपमा दया र सौगात सँग कुरा भए पनि लिखितमा भने यी दुई सँग सम्झौता भएको भने छैन l यसो त चलचित्रमा अभिनेत्री स्वस्तिमा हुन सक्ने अड्कल काटिएको छ l यद्पी स्वस्तिमाले स्क्रिप्ट पढ्न बाँकी रहेकाले उनी रहने या नरहने भन्ने चाहिँ यकिन भैनसकेको निश्चलले बताए ।बुद्धि सागर बस्यालको कथा रहने चलचित्रमा नरेन्द्र मैनालीको सिनेम्याटोग्राफी रहनेछ । निश्चल ‘लुट २’ पछि जिन्दावाद निर्देशन गर्दै छन् । आउँदो वर्षको जेठबाट ‘जिन्दावाद’ को छायाङ्कन सुरु हुने तयारीमा चलचित्र बारे हाल कार्य भइरहेको निश्चलको भनाइ छ l