भोमन कटुवालको निर्देशनमा बन्न लागेको चलचित्र "ए" ले कास्टिङ कल्ल सुरु गरेको छ l चलचित्रका लागि चार जना चरित्र अभिनेता र दुई जना चरित्र अभिनेत्री गरी जम्मा ६ जना कलाकारको अडिसन हुने बताइएको छ ।आफ्नो अभिनय देखाउन चाहनेले चलचित्र चौतारीमा आवेदन दिन सक्ने र अडिसन वनस्थलीमा हुने निर्माण टिमले जनाएका छन् l विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको कथा भोमन कटुवाल र आकाश उखेडाको रहने छ l काठमाण्डौ र बनेपा आसपास 'ए'को छायांकन स्थल तोकेको छ l प्रह्लाद काफ्लेको लगानी रहेको यस चलचित्रमा प्रमोद अग्रहरी, सोहित मानन्धर, दुर्गेश थापा, राम बाबु रेग्मी, सी ।एम भारद्वाज र बिकेश प्रजापतिको अभिनय रहेको छ l