गीत संगीतको क्षेत्रमा आशालाग्दो प्रतिभाको रूपमा उदाउँदै गरेका नव प्रतिभा पवन गिरीको स्वरमा रहेको नयाँ म्युजिक भिडियो ‘मनको व्यथा ’ रिलिज हुने भएको छ । फेब १३ अर्थात् फाल्गुन २ गते प्रेम दिवसको अवसर पारेर पवनले यो गीतलाई बजारमा ल्याउने भएका हुन् l पवनकै शब्द ,संगित रहेको उक्त गीतको भिडियोलाई निर्देशन रिजन थापाले गरेका छन् । विष्णु खरेल र सुरक्षा पन्त फिचर्ड रहेको भिडियोको छायाङ्कन राज पोख्रेलले गरेका हुन् l प्रतीक ढुंगेलको सम्पादन र जुनिम् गहतराजको कलरिङ्गमा गीतको भिडियोलाई तयार पारिएको हो l