एन्सेल प्रा.लि.ले आयोजना गरेको एनसेल सर्ट फिल्म कम्पिटिसन अन्तर्गत एभरेष्ट फिल्म एकेडेमीका सन्जिभ रावल र उनको समूहले बनाएको "नौलो पाइला" फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ । फिल्म "नौलो पाइला" ले पहिलो पुरस्कार स्वरूप रु १ लाख नगद पुरस्कार र प्रत्येक महिना १२ महिना सम्म १० जीवी डेटा पाएका छन् । यसका साथै यो समूहले निर्देशक आसिफ शाहसँग सुटिङको बारेमा पनि सिक्ने मौका पाउनेछन् ।यस्तै वर्षा पौडेल र उनको समूहले बनाएको फिल्म ‘लाइफ भर्सेस कोभिड' ले दोश्रो पुरस्कार स्वरूप रु ७५,००० नगद पुरस्कार र समूहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जीवी डेटा प्राप्त गरेका छन् । आशिस अधिकारीको 'आशा' ले सेकेन्ड रनर अप बन्दै रु ५०,००० नगद पुरस्कार जित्नुका साथै १२ महिना सम्म १० जीवी डेटा पाएका छन् ।