चलचित्र "कृष्ण लीला" को पहिलो गीत सार्वजनिक भएको छ l चैत्र २७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्रको " कुनै दिन यस्तो पनि" बोलको गीत सार्वजनिक गरिएको हो l गीतमा पुष्प खड्का र श्रद्धा छेत्री फिचर्ड छन् l  सुगम पोख्रेल र अन्जु पन्तको आवाज रहेको गीतमा संगीत अर्जुन पोख्रेलले भरेका छन् l पुर्शोतम दुङगेल र नारायण सापकोटाको संयुक्तमा गीतको शब्द रचना भएको हो l दीपक ओलीको निर्देशन रहेको चलचित्रमा प्रकाश कार्की र केवल तामाङको लगानी छ ।

आर आर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा कार्यकारी निर्माताको रूपमा रत्न श्रेष्ठ छन् । पूर्वी नेपालको पाँचथर, इलाम, झापा लगायतका जिल्लाका विभिन्न रमणीय स्थलमा यो चलचित्रको छायांकन गरिएको छ । पुष्प र श्रद्धाको अलावा चलचित्रमा बुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईँ लगायतका कलाकारले अभिनय गरेका छन् ।