विश्व मिडिया प्रालिको आयोजनामा सम्पन्न भएको ह्यान्डसम हंक नेपाल २०१७ मा निपुन राज श्रेष्ठ बिजेता बनेका छन । आफुलाई अन्य प्रतिस्प्रधी भन्दा फरक, ह्यान्डसम, बौद्धिक रुपमा अब्बल साबित गर्दै उनले  ह्यान्डसम हंक नेपाल २०१७ को अन्तिम छनौटमा पर्न सफल पच्चीस जना प्रतिस्प्रधीहरु लाइ पछि पार्दै उपाधि जित्न सफल भएका थिए । ह्यान्डसम हंक नेपाल २०१७ मा २५ जना पुरुष प्रतिप्रधिहरुले अन्तिम चरणमा प्रवेश पाएका थिए । जसमा फस्ट रनरअप उत्तम राज पाण्डे, सेकेण्ड रनरअप टिमेश श्रेष्ठ भएका छन् ।

त्यस्तै गरि मल्टि मिडिया तथा मस्ट पपुलरमा टिमेश श्रेष्ठ, मस्ट डिसिप्लिन दिपेन्द्र कार्की, मिस्टर फोटोजेनिक सुबोध पाण्डे, बेस्ट फिजीक श्री कृष्ण श्रेष्ठ,बेस्ट वाल्क प्रविन परियार, मस्ट ट्यालेण्टेड ओम प्रकाश आचार्य, बेस्ट पर्सनालिटी रिजन बिष्टले उपाधि जित्न सफल भए ।     ह्यान्डसम हंक नेपाल २०१७ को अन्तिम प्रतिश्प्रधामा नायिका संचिता लुइटेल, संचारकर्मी तथा कलाकार सुर्य चन्द, कोरियोग्राफर आस्विनी झा, समाजसेवी कृष्ण देबकोटा र फेसन डिजाईनर अमित झा निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए ।