हरेक वर्ष पोल्यान्डमा आयोजना हुँदै आइरहेको मिस्टर सुप्रान्यासनलको सुप्रास्टार सर्चमा नेपाल २०१९ का मिस्टर नेपाल डा सन्तोष उपाध्याले प्रतिनिधित्व गरेका छन् l  डाइरेक्ट इन्ट्री पाउँदै आएका सन्तोषले ३७ देश प्रतियोगीहरुलाइ पछि पार्दै टप ३ सम्म आइपुग्न सफल भएका हुन् l l भोट्को आधारमा विजेता  छानी रहेको सुप्रान्यासनलको सुप्रास्टार सर्चमा नेपाल तेश्रो स्थानमा आइपुगेको छ l नेपाल सँगै नर्थ मेसिडोनिया र हाइटीका प्रतियोगीहरू पनि भोट्को आधारमा अगाडी बढिरहेका छन् l थुप्रै पटक चिकित्सकका हैसियतले विभिन्न राष्ट्रमा नेपाललाई प्रतिनिधित्व गरिसकेका छन् भने उनी  चित्रकला, खेलकुद, तथा सामाजिक अभियानताका रूप मा सक्रिय छन् ।  अगामी सोमबार सम्मका लागी अनलाइन भोटिङ सुरु भैसकेको छ lनिर्णायक हरुले ४० प्रतिशत अंक दिन पाउने छन् भने, भोटिङ बाट ६० प्रतिशत अंक आउने छ । हाल नेपाल भोटिङ मा तेस्रो स्थान रहेको छ भने एक भोट निसुल्क हाल्न पाइने छ l त्यो भन्दा थप भोट दिनका लागी भने भोट सङ्ख्या अनुसार केही रकम लाग्ने छ । - https://link.choicely.com/3iWQrjH क्लिक गरी आउने पेजमा १ नम्बर मा सन्तोष को फोटो देखिन्छ र त्यो फोटो मा भयको तारा मा थिच्नु भयो भने तपाईँ को एउटा निसुल्क भोट मान्य हुनेछ ।