जम्बो स्टारकास्टको टोलीलाई लिएर अभिनेता सौगात मल्ल चलचित्र निर्माणको तयारीमा जुटिरहेका छन् l चलचित्र ‘दि सेक्रेट्स अफ राधा’को घोषणा गरेका उनले चलचित्रको छायांकन पनि गुप चुपमै सुरु गरिसकेका छन् l बुझिए अनुसार चलचित्रमा सृष्टि, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुष्कर गुरुङलगायतका कलाकारहरूको अभिनय रहनेछ । बिहीबार बाट चलचित्रको छायांकन पालुङ बाट सुरु गरिएको छ l १५ दिन पालुङमा छायांकन गरेपछि निर्माण टिम बाँकी छायांकनका लागि काठमाडौँ फिर्ने तयारीमा छ ।अभिनेता दयाहाङ राई र निर्देशक तथा अभिनेता निश्चल बस्नेत पनि चलचित्रमा विशेष भूमिकामा देखिनेछन् । सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रको निर्देशन सुवर्ण थापाले गरिरहेका छन् । चलचित्रको छायाङ्कन नरेन्द्र मैनाली गरेका छन् ।