विशाल सापकोटा निर्देशित चलचित्र 'सेल्फी किङ' ५७ औँ 'सिएएस' अवार्डको मनोनयनमा परेको छ l 'वेस्ट साउन्ड मिक्सिङ' विधामा परेको उक्त चलचित्रको साउन्ड डिजाइन उत्तम न्यौपाने गरेका हुन् l विश्व प्रख्यात संस्था सिनेमा अडियो सोसाइटीले आयोजना गरेको अवार्डमा आफूले साउन्ड मिक्सिङ गरेको चलचित्र छनोटमा परेको हुँदा आफू निक्कै नै खुसी भएको न्यौपानेले व्यक्त गरेका छन् l 'ओसकार दाबेदार चलचित्र "सेल्फी किङ" प्रतिस्पर्धामा छ । अभिनेता विपिनले एक चर्चित ‘सेल्फी किङ’को उपनामले परिचित टेलिभिजन हास्य कलाकारको भूमिका निर्वाह गरेका छन् । उनको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी बर्देवाले निभाएकी छन् । त्यस्तै, प्रथम अभिनेत्री भुवन चन्द विपिनकी आमाको भूमिकामा छिन् ।गत वर्षको माघमा प्रदर्शनमा चलचित्र कथा निर्देशक स्वयमकै रहेको छ । दिनेश राउत र सुवास थापाले मिलेर निर्माण गरेको चलचित्रमा प्रबल कोइराला र राजेश विसुराल सह निर्माताको रूपमा रहेका छन् । सुशन प्रजापतिको छायाँकन र जीवन थापाको सम्पादन रहेको चलचित्रमा निर्मल कुमार लामाको कोरियोग्राफी छ ।