म्युजिक भिडियो निर्देशक निशान काश्यपको निर्देशन र सम्पादन रहेको म्युजिक भिडियो  "यो बादल यो बर्षात"  सार्वजनिक भएको छ l रोमान्टिक शैलीमा सार्वजनिक गरिएको गीतमा आवाज, शब्द र संगीत मनोवादको रहेको छ l

उत्सव दाहालले खिचेका भिडियोको दृश्यमा कुसुम गुरुङ र मौसम खड्का फिचर्ड छन् l एमएचआर सुरजले भिडियोलाई निर्माण गरेका हुन् l सुमित बिशोकर्माले गीतको संगीत संयोजन गरेका छन् l भिडियोलाई हाइलाइट्सको युट्युब च्यानल बाट हेर्न सकिने छ l