कुनै समय अभिनेता निखिल उप्रेतीको फिल्म प्रदर्शन आयो भन्ने बित्तिकै फिल्म हेर्न जाने दर्शकको घुइँचो लाग्थ्यो l हलवालाहरूलाई समेत फिल्म हेर्न आएका दर्शक मिलाउन हम्मे हम्मे पर्थ्यो l  फिल्म "पिँजडा" बाट सिने क्षेत्रमा डेब्यु गरेका निखिलको एक्सनको एक प्रकारको छुटै क्रेज थियो l  फिल्म हेर्ने र उनले गरेका एक्सनको नक्कल गर्नेहरूको जमात पनि राम्रै थियो l तर केही समय यता उनी फिल्म बाट टाढा रहेको अनुभव गर्न सकिन्छ l अभिनेत्री सञ्चिता लुइँटेल सँग विवाह बन्धनमा बाधीएका निखिल "भिलेन' पछि कुनै फिल्ममा देखिएका छैनन् l "आध्यात्मिक वे" तिर लागेका निखिलको फिल्म को चर्चा भन्दा पनि उनले गरेका आध्यात्मिक कुरा सामाजिक सञ्जालमा अहिले भाइरल भइनै रहन्छ l

एक्सनको क्रेज त थियो नै तर अहिले उनले बोलेका कुराहरू सुन्ने दर्शकहरूको पनि छुटै जमात बनी रहेको छ l तिनै एक्सनका राजा निखिलले यती बेला सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गरेका छन् l जसमा निखिललाई एक्सन पोज दिएको देख्न सकिने छ l रातो टिसर्ट र पहेँलो ट्राउजरमा प्रस्तुत भएका निखिलले शक्ति को सन्तुलन नै कला हो! भनेर क्याप्सन पनि सेयर गरेका छन् l ४२ वर्ष पुगेका निखिलको "हामी तीन भाइ" "सावधान" "कृष्ण अर्जुन" "शिव शक्ति" लगायत दर्जनौँ फिल्महरू हिट छन् l