गायक पवन गिरीको आवाज शब्द र संगीतमा नयाँ गीत "मनको व्यथा" रिलिज भएको छ l पवनकै आधिकारिक युट्युब च्यानल बाट रिलिज गरिएको म्युजिक भिडियोमा अभिनेत्री सुरक्षा पन्त र विष्णु खरेल फिचर्ड छन् l
विशाल छेत्रीको संगीत सम्योजनमा तयार पारिएको गीतको भिडियो सम्पादन प्रतीक ढुङ्गेलको रहेको छ l रिजन थापाको कन्सेप्ट र निर्देशन रहेको भिडियोको छायाङ्कन राज पोख्रेलले गरेका छन् l