निर्माता जयन श्रेष्ठले पैसा ठगी गरेको आरोप लागेको छ l सिरिज बनाउने भन्दै पैसा दिएको र सिरिज पनि नबनाएको आरोप नव-कलाकार सचिन अधिकारीले श्रेष्ठलाई लगाएका हुन् l ‘हर्ट बिट’ नामक सिरिज निर्माणका लागी पैसा दिएका सचिनले यस खबर आफ्नै सामाजिक सञ्जाल मार्फत जानकारी दिएका र उनी विरुद्ध मुद्दा हाल्ने तयारी भइरहेको उनको भनाइ छ  l जयनले षट्कोण, किंग लगायतका फिल्म निर्माण गरेका छन्।  आफूले लिड रोलमा अभिनय गर्ने भनेर सचिनले जयनलाई पैसा दिएका थिए l ‘मैले भरोसा गरेर प्रोजेक्टको लागि पैसा दिए। धन्न पैसा जम्मा गरिदिएको रिसिभ छ। ठगी केस लाग्ला ! पैसा सब दिए प्रोजेक्ट के भाछ? कस्तो भाछ? पत्तो छैन।

cine pati cine pati

’‘पैसा नदिए सम्म प्रोजेक्ट गर्न पर्‍यो छिटो छिटो भन्नि? पछि पैसा पाइसकेपछि यता उता भयो भन्न थाल्ने। मैले मेरो स्टोरी दिए,अपार्टमेन्ट दिए, एक्टिङ्ग वर्कसपको लागि पैसा दिए, आर्टिस्टलाई पनि पैसा दिए, गीतको लागि पनि पैसा दिए, अहिले मसँग पैसा दिएको मात्र प्रमाण छ। २ वर्ष हुन लागिसक्यो त्यो पैसाको केही मतलब छैन। न साउँ, न ब्याज, त्यो भन्दा पनि एउटा फोन म्यासेज केही छैन? फोन गर्दा फोन उठ्दैन’ अझै पैसा खाको छैन भन्न लाज नलाग्ने l पैसा चाहिन्छ भने अझै म दीन तयार छु l इज्जतको पनि ख्याल राख्नु पर्छ l फेरी भोलि पैसा चाहिदा के मुखले माग्ने ? पैसा को मिटर ब्याज तिर्दा तिर्दा म त हैरान भइसके !अझै कति तिर्नु यो सबको कारण तपाईँ हो , अब मसँग केही अप्सन छैन ,मैले मिडियालाई भन्दिएको छु l मैले पहिले नै वार्निङ दिएको छु सम्पर्कमा आउनु छ केही भन्नु छ भने मलाई यो नम्बरमा कल गर्नु भनेर नम्बर पनि सार्वजनिक गरेका छन् l म त ठगिए तर म जस्तो अरू ठगिन भएन।’-उनले लेखेका छन्। 

cine pati