६ वर्ष अघि प्रदर्शनमा आएको चलचित्र "नोभेम्बर रेन" को सिरिज बनाउने तयारीमा निर्माता सुभाष गिरी लागी परेका छन् l यस चलचित्रमा उनले नायक अनमोल केसीलाई राख्ने तयारी गरी रहेका छन् l चलचित्र ‘कृ’ मा अनमोल सँग सहकार्य गरेका सुभाषले चलचित्र स्क्रिप्ट मनपराएमा अनमोल चलचित्रमा प्रस्तुत हुने पनि बताएका छन् l‘एक जना राम्रो निर्मातासँग काम गर्न हरेक कलाकारलाई मन लाग्छ । सुवास दाइसँग पनि सहकार्य गर्ने विषयमा कुरा भइरहेको थियो । हेरौँ, नोभेम्बर रेन २ ले त्यो अवसर जुटाउन सक्छ ।’ अनमोलको भनाइ छ l यती बेला अनमोल "ए मेरो हजुर ४" को छायांकन सकाएर आगामी चलचित्र 'पारस"को तयारी गरी रहेका छन् l यस अघि नोभेम्बर रेन लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका थिए l आर्यन सिग्देल, नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङको मुख्य भूमिका रहेको चलचित्रले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।