चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन समापन भएको छ l रमेश एम के पौडेलको निर्देशन रहेको चलचित्रको छायांकन काठमाण्डौबाट सुरु भएर पोखरामा गएर ३३ दीनमा समापन भएको हो l चलचित्रमा पौडेलकै कथा, गीत र लगानी छ । अभिनेता पुष्प खडका र नायिका साम्राज्ञी आरएल शाहको मुख्य भूमिका रहेको चलचित्र सबै वर्ग, तप्का र तहका दर्शकको रुचिलाई ध्यानमा राखेर बनाइएको निर्देशक पौडेलले जानकारी दिएका छन् l बोधी एच डी र आर्यन फिल्मस्को ब्यानरमा निर्माण भएको ‘तिम्रो मेरो साथ’ कुल २ करोड रुपैयाँ लागतमा बनाइएको हो l चलचित्रका निर्मातामा पासाङ लामा र सह–निर्मातामा निरु भण्डारी, सुमन पौडेल, सुधीर पराजुली छन् lसविर श्रेष्ठको पटकथा तथा संवाद रहेको चलचित्रमा पुष्प र साम्राज्ञीको अलावा सरोज खनाल, खबपु, इमिली लामा, ध्रुव दत्तको पनि मुख्य भूमिका रहेको छ ।चलचित्रको प्रदर्शन नेपाल भन्दा पहिले अमेरिका, अस्ट्रेलिया र बेलायतमा गरिने निर्माण पक्षले जनाएका छन् ।