म्युजिक भिडियो "टाढा भए पनि" सार्वजनिक भएको २४ घण्टा नपुग्दै नयाँ रेकर्ड राखेको छ। अभिनेता पल शाह र मलिका महत फिचर्ड रहेको उक्त गीतले २४ घण्टा मा ९ लाख ७६ हजार ४९२ भ्युज पाएको हो l केन्द्र मोसन्स पिक्चर्स युट्युब च्यानलबाट रिलिज गरिएको गीतलाई फिमेल भर्जनमा  अस्मिता अधिकारीलेआवाज  दिएकी छिन l१० लाख भ्युज  ल्याउन सफल यस गीतमा लाईक ७६ हजार प्लस छ भने  कमेन्ट ७ हजार २ सय माथि  आएको छ। उर्गेन डोङको शब्द संगीत र एरेन्ज रहेको गीतको भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका छन् l उज्वल जोशीको छायाङ्कन ,सम्पादन र कलरिङ्मा म्युजिक भिडियोलाई तयार पारिएको हो l   यस अघिका केही म्युजिक भिडियोहरूले केही दीन र केही हप्तामा मात्र लाखौं भ्युजको आकडा पारे गर्थे भने यो पहिलो गीत हो जसले एकै दीनमा यत्रो भ्युज पाउन सफल भएको हो l