हिजो प्रेम दिवसको अवसर पारेर चलचित्र "प्रेमगन्ज" को औपचारिक घोषणा भएको छ l विगत २५ वर्ष देखी सिने क्षेत्रमा स्पोट ब्वाइको रूपमा काम गर्दै आएका राजुले प्रेमगन्ज निर्माण गर्ने घोषणा गरेका हुन् l ११ वर्षको उमेर देखी यस क्षेत्रमा काम गरेका राजुले हाल सम्म तीन सय वटा भन्दा बढी चलचित्रमा काम गरी सकेका छन् l प्रेम कथामा आधारित रहने यस चलचित्रलाई आफूले निर्माण गर्न लागेको खबर सामाजिक सञ्जाल सञ्जाल फेसबुक मार्फत जानकारी गराएका हुन् l आफूले जानेको बुझेको कुरालाई चलचित्र निर्माण बाट देखाउन लागेका राजु अहिले एक भोजपुरी चलचित्रका निम्ति इन्डियामा छन् । “चलचित्र चौतारी” को ब्यानरमा निर्माण हुन लागेको प्रेमगन्ज का लागी कलाकार भने फाइनल हुन बाँकी रहेको छ l