नेपाल भाषी चलचित्रबाट नायिका अशिष्मा नकर्मीले रजतपटमा डेव्यु गरेकी हुन् । यस अघि सौन्दर्य प्रतियोगीताको बिजेता समेत रहेकी अशिष्माले ‘लभ यु बाबा’ नामक चलचित्रबाट नेपाली सिनेमामा काम सुरु गरिन् । उनले ‘अर्धकट्टी’, ‘बाटो मुनीको फुल २’ लगायतका केही चलचित्रमा काम गरिसकेकी छिन् । आधा दर्जन बढि चलचित्रमा काम गरेकी अशिष्मा म्युजिक भिडियोमा पनि सक्रिय छिन् । अशिष्मा अभिनित प्राय चलचित्र सफल भएका छैनन् ।
असफलको नाम प्राय अशिष्मासँग जोडिने गर्दछ । उनि भन्छिन् ‘मेहनत गर्दछु, कुनै दिन सफल भइन्छ भन्ने आश गरेको छु । मलाई छोटो समयमा यतिधेरैले माया दिनु भएको छ । त्यही मेरो लागी सफलता हो । ’ चलचित्र असफल बन्दा कयौँ पल्ट आफु रोएको अशिष्मा बताउछिन् । अहिले अशिष्माको आश चलचित्र संरक्षणमा रहेको छ । आज (शुक्रबार)बाट चलचित्र ‘संरक्षण’ प्रदर्शन भइसकेको छ । सफलताको स्वाद अशिष्माले चाख्न पाउछिन् या पाउदिनन् ‘संरक्षण’को प्रतिक्रियाबाट थाहा हुने छ।