सानुप पौडेलको आवाजमा गीत "गहिरो थियो मेरो माया" सार्वजनिक भएको छ l अजय कुमार अधिकारीको शब्द सिर्जना र संगीत रहेको गीतमा संगीत संयोजन चन्द सिंहले गरेका छन् l सन्तोष अधिकारीको निर्देशन र अभिनय रहेको म्युजिक भिडियोको सम्पादन साथै कलरिङ स्टर्म क्राउ फ्रेम वर्क होबर्ट अस्ट्रेलियाको रहेको छ l भिडियोलाई नीराजन प्रधानले छायाङ्कन गरेका छन् l सन्तोषलाई अभिनयमा निखिला बुढाथोकी र बालकलाकारमा आव्निश  देव अधिकारी / अर्चेरको रहेको छ l एसाप इन्टरटेन्मेन्ट युट्युब च्यानलमा भिडियोलाई हेर्न सकिने छ l