सोनम शेर्पाको आवाज शब्द र लय सिर्जनामा गीत "भाग्यमानी" रिलिज भएको छ l स्वर्गारोहण भएका गायक शेर्पाको सम्झनामा सो गीतलाई हिजो विशाल एन्टरटेन्मेन्ट बाट सार्वजनिक गरिएको हो l गीतको संगीत संयोजन दिवस गुरुङको रहेको छ l आफ्नै कथालाई गीतमा सिर्जना गरेका सोनामको उक्त भिडियोमा रङ्गकर्मी सुरज तमु र आभा नेपालको अभिनय रहेको छ l अभिनयमा सुरज र आभालाई सन्दीप श्रेष्ठले साथ दिएका छन् l नवीन भाट्टको निर्देशन र सम्पादन रहेको भिडियोको कथालाई शिवराज जङले तयार परेका हुन् l ज्ञान चौलागाइले भिडियोको छायाङ्कन गरेका छन् l