चलचित्र "घिन्ताङ" को मंगलबार शुभमुर्हूत गरिएको छ । गाउँघरमा बस्ने नेपालीहरूको वास्तविक कथामा बन्न लागेको ‘घिन्ताङ’ मार्फत निर्देशन श्रेष्ठले लामो समयपछि निर्देशनमा कमब्याक गर्न लागेका हुन् । आगामी शुक्रवारबाट फ्लोरमा जाने चलचित्रको मुख्य भूमिकामा लक्ष्मी बर्देवा र गौरव पहारी प्रस्तुत भएका छन् l‘घिन्ताङ’मा गौरवले चौतारीमा मादल बजाएर बेच्ने धनेको भूमिका निवार्ह गर्दै छन् । भने लक्ष्मीले ब्राह्मण परिवारकी महिलाको भूमिकामा देखिँदै छिन् । चलचित्रको कथा साहित्यकार मन्दिरा मञ्जुश्रीले लेखेकी हुन् । गौरव र लक्ष्मीका अलावा निर शाह, मदनकृष्ण श्रेष्ठ र ४ जना बाल कलाकारको चलचित्रमा अभिनय रहनेछ । पहिलो पटक अभिनेता गौरव पहाडी र लक्ष्मी बर्देवाले स्क्रिन सेयर गर्न लागेका हुन् l ‘पापी मान्छे, भाई, तकदिर, पर्खि बसेँ, हिम्मत, सुर्य चन्द्र, वचन, वीर’लगायत निर्देशक श्रेष्ठले यस अगाडि थुप्रै हिट चलचित्र दिएका छन्  l