चलचित्र ‘प्रकाश’को औपचारिक निर्माण घोषणा गरिएको छ । मंगलबार काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्र निर्माण घोषणा गरिएको हो ।चलचित्रलाई दिनेश राउतले निर्देशन गर्ने भएका हुन् l यसै चलचित्र बाट रङ्गकर्मी कलाकार रेनु योगीले अभिनेता प्रदीप खड्का सँग स्क्रिन सेयर गर्न लागेकी छिन l चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । महेन्द्र अधिकारीको निर्माण रहने चलचित्र फागुनको दोस्रो साताबाट फ्लोरमा जाने बताइएको छ l चलचित्रमा प्रदीप र रेनुसँगै दिया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का कलाकारहरूको अभिनय रहनेछ । राजेश श्रेष्ठको छायांकन रहने चलचित्रमा बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको छ l