शिव परियार र बानिका प्रधानको आवाजमा गीत "जिन्दगी तिम्रो र मेरो" सार्वजनिक भएको छ l हरि भक्त बुढाथोकीको शब्द रचना र दीपक सिलवालको लय सिर्जनामा तयार भएको गीतको संगीत संयोजन किरण कँडेलको रहेको छ l भिडियोलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् l दीर्घ खड्काको सम्पादन र महेश प्रधानको छायाङ्कनमा रहेको भिडियोमा रिता कट्टेल ,जेरी सौड लगायत कलाकारको अभिनय रहेको छ l भिडियोलाई गायक परियारकै आधिकारिक युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ l