मंगलबार हास्य कलाकार "मह" हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठको उपस्थितमा एक आई केयर सेन्टरको उद्घाटन भएको छ l आँखाका वरिष्ठ डाक्टरहरूको संयुक्त लगानीमा रबिभवनमा सञ्चालनमा ल्याइएको उक्त आई केयर सेन्टरलाई "मह" जोडीको हात बाट उद्घाटन गरिएको हो l आई सि यु आइ केयर सेन्टरमा तीन जना अनुभवी डाक्टर प्रोफेसर डाक्टर सविना श्रेष्ठ, डाक्टर चुनु श्रेष्ठ, डाक्टर अपराजिता मनोरञ्जनको संयुक्त लगानी छ ।आँखा सम्बन्धी बालबालिकादेखि वृद्धवृद्धा सबै उमेर समूहका व्यक्तिहरूको उपचार गरिने आइ केयर सेन्टरले जनाएको छ ।
दुई महिनासम्म सबै खालको सर्जरीमा दस प्रतिशत छुट दिइनुका साथै ओपिडी चार्जमा एक हप्तासम्म चालिस प्रतिशतसम्म छुट पाइनेछ । हिजो बाट सञ्चालनमा ल्याइएको यस आई केयर सेन्टरको बारे बोल्दै कलाकार मदन कृष्ण श्रेष्ठले आँखाको सम्पूर्ण उपचारका लागी आई सि यु आइ केयर सेन्टरमा आउन सकिने भन्दै टिमलाई शुभकामना दिनुभयो ।भने अर्का कलाकार हरिवंश आचार्यले अस्पतालले राम्रो कामको सुरुवात गरेको र भोलिको दिनमा गाउँ, दुरुदराजका नागरिकलाई पनि सहजता हुने खालका काम गर्न सुझाउनु भयो । त्यसै गरी अस्पतालले मुनाफा गरेको केही अंश गाउँघरमा रहेर जसले धेरै पैसा लगाएर आँखाको उपचार गर्न सक्दैनन् उनीहरूका लागी काम गर्नुपर्ने बताउनु भयो ।