अभिनेत्री स्वस्तिमा खडका चाडै नै दक्षिण भारतीय चलचित्रमा देखिने भएकी छिन् l दक्षिण भारतीय चलचित्रमा डेब्यु गर्न लागेकी स्वस्तिमाको उक्त चलचित्रको नाम ‘थिरिमाली’ रहेको छ l केही दीन अघि मात्रै उनी चलचित्रमा आबद्ध भएकी हुन् l ‘थिरीमाली’लाई राजीव सेट्ठीले निर्देशन गर्दै छन् । चलचित्र दक्षिण भारत (साउथ इन्डियन) फिल्म निर्माण कम्पनी ‘एञ्जल मारिया सिनेमाज’को ब्यानरमा निर्माण हुन लागेको हो l एञ्जल मारिया सिनेमाजसँग नेपाली फिल्म निर्माण कम्पनी अनन्या फिल्मस्को पनि सहकार्य रहेको छ l
photo:FilmyNepal
उक्त प्रोजेक्टमा सहकार्य गर्न तयार भएको अनन्या फिल्मस् ले यसअघि नेपालमा ‘सम्बोधन’ र ‘ग्याङ्गस्टार ब्लुज’ चलचित्र निर्माण गरिसकेको छ । विश्वस्त श्रोतका अनुसार नेपालमा ७० प्रतिशत र भारतमा ३० प्रतिशत छायांकन गरिने चलचित्रमा अधिकांश प्राविधिक नेपालका नै आबद्ध हुनेछन् l महँगो बजेटमा निर्माण हुन लागेको यस चलचित्रमा स्वस्तिमाको अलावा अन्य केही नेपाली कलाकारहरूको पनि अभिनय रहेको छ l जसमा माओत्से गुरुङसहित केही थिएटर कलाकारहरू पनि एक हिस्सा बनेका छन् l यती बेला चलचित्र ‘फर्स्ट फेज’ मा छ l भारतीय कलाकारमा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेस कनारान, आना रेश्मा लगायत कलाकारहरू रहेका छन् l नेपाली र हिन्दीसँगै दक्षिण भारतका विभिन्न आधा दर्जनबढि भाषामा तयार हुने चलचित्र मार्चपछि फ्लोरमा जाने भएको हो l