नेपाल चलचित्र पत्रकारसंघद्वारा आयोजनामा फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु गरेको छ । ३ दीने कार्यशाला आयोजना गरेको उक्त समारोह आज बाट सुरु गरिएको हो l चलचित्र पत्रकार संघले आयोजना गरिएको समारोहमा दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने छ l सो कार्यशाला शनिवार सकिने छ lकार्यक्रममा चलचित्र पत्रकार र चलचित्र पत्रकारिताप्रति इच्छुक व्यक्तिहरूको सहभागिता रहेको थियो l चलचित्र पत्रकारसंघका अध्यक्ष दिनेश सिटौलाले यस कार्यक्रमले चलचित्र पत्रकारिता र त्यससँग जोडिएको फोटो तथा भिडियो पत्रकारितालाई थप मर्यादित, प्रभावकारी, पत्रकारहरूको कार्यशैलीमा आधुनिक र सकारात्मक परिवर्तनको ल्याउने बताएका छन् l समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल ,दिनेश डिसी र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो l सो कार्यक्रममा सम्बोधन गर्दै ३ दिने कार्यशालाको सफलताका लागि शुभकामना व्यक्त गरेका दाहालले यस क्षेत्रमा आबद्ध रहेका पत्रकारहरूको स्थान माथि र विशिष्ट रहनु पर्ने तर त्यो हुन नसकेको बताएका थिए l त्यसै गरी निर्देशक कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीले प्रविधिमाथिको सिकाई कहिल्यै खेर नजाने र जीवन पर्यन्त पेसागत दक्षतामा सहयोगी हुने भन्दै सबै प्रशिक्षार्थीलाई अवसरको सदुपयोग गर्न सुझाएका थिए l