अभिनेता प्रदीप खड्का आगामी चलचित्र "प्रकाश" को तयारीमा छन् l फरक अवतारमा प्रस्तुत हुन लागेका प्रदीप यस चलचित्रको लागी कडा मिहिनेत साथ अघि बढी रहेका छन् l कलेज पढ्ने युवाको भूमिका निर्वाह गर्न लागेका उनी सोही चलचित्रको लागी तौल घटाउने क्रममा रहेका छन् l ‘म ७२ केजी थिएँ । यो चलचित्रमा कलेज पढ्ने युवकको गेटअपमा देखिनुपर्ने भएकाले पनि १० केजी घट्नुपर्ने छ । म ७ केजी घटिसकेको छु । अझै, ३ केजी घट्नुपर्छ ।’ प्रदीप भन्छन् l प्रदिपले खानेकुरामा निकै नै कन्ट्रोल गरिरहेका छन् भने यस चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दै छन् l जुम्लालाई छायांकन स्थल तोकेको चलचित्रमा प्रदीप सँग रेनु योगी ,दिया मास्के ,नीरज पन्थी लगायत कलाकारको अभिनय रहेको छ l बिनिश एन्टरटेन्मेन्टको ब्यानर निर्माण हुने चलचित्रमा महेन्द्र अधिकारीको लगानी रहेको छ l राजेश श्रेष्ठको छायाङ्कन ,जीवन थापाको सम्पादन चलचित्रमा समावेश छ l चलचित्रको छायाङ्कन २ महिना जति हुने छ l