अभिनेत्री हुन् या गायिका प्राय मिडियामा आफ्नो प्रेम सम्बन्ध बारे खुलेर बोल्दैनन् l प्रेम मा रहेता पनि मिडियामा भने साथीको ट्याग अथवा सोही कुरालाई टार्दिने गर्दछन् l प्रसङ्ग रह्यो गायिका इन्दिरा जोशीको प्रेम सम्बन्ध l पत्रकारको प्रश्नमा आफू प्रेममा नरहेको र विवहाँको विषयमा नसोचेको बताउने इन्दिरा यस पटक भने खुलेरै प्रेम सम्बन्धमा रहेको बताएकी छिन् l २ वर्षदेखि प्रेममा रहेकी इन्दिराले आफ्नै सामाजिक सञ्जाल मार्फत सो कुरालाई खुलाएकी हुन् l
एक तस्बिर सार्वजनिक गर्दै स्ट्याटस लेखेकी इन्दीरालाइ उनका प्रेमीले रिङ् लगाइदिएका छन् l प्रेमीको तस्बिर भने सार्वजनिक गरेकी छैनन् । इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ वर्षदेखि एकसाथ छौँ र अझै कैयौँ वर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौँ । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौँ ।’