दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’ नेपाली रीमेकको लागि कास्टिङ कल्ल सुरु गरिएको छ l विशाल सापकोटाको निर्देशनमा निर्माण हुन लागेको रिमेकको लागी मुख्य भूमिकामा नायक र नायिकाको खोजी गरिएको हो l अर्जुन रेड्डीको निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मस्का तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर पनि गरी सकेका छन् l चलचित्रलाई केशव खड्का र आशिष् श्रेष्ठले निर्माण गर्दै छन् । दक्षिण भारतीय चलचित्रको अधिकार नै लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । केही समय अघि यस चलचित्रमा युवा जोतिस हरिहर अधिकारी र आर्यन सिग्देल रहने चर्चा चलेको थियो l तर उक्त चर्चा केही समयको लागी सामाजिक सञ्जालको हेडलाइन बन्यो नै यसो त चलचित्र पनि केही समय पछि नबन्ने भनेर गाइँगुइँ हल्ला समेत बजारमा चलेको थियो l दक्षिण भारतमा अर्जुन रेड्डीले बक्स अफिसमा राम्रो व्यापार गर्यो न l भारतमा पनि उक्त चलचित्रको रिमेक रहेको ‘कबिर सिंह’ले पनि बक्स अफिसमा धूम मच्चाएको थियो ।