लेखक तथा निर्देशक दीपेन्द्र लामाले अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठलाई लिएर छोटो चलचित्र निर्माण गरेका छन् l चलचित्रको नाम रहेको छ "बर्दान"l केही हप्तापछि अनलाइन प्लेटफर्मबाट रिलिज गरीने यस चलचित्रमा दयाहाङ र नम्रताले पहिलो पटक स्क्रिन सेयर गरेका छन् l कोसिस नेपालले निर्माण रहेको "बर्दान"मा विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य पारिएकी एक नारीको कथालाई चित्रण गरिएको छ l २० मिनेट लामो रहेको चलचित्र लाई शैलेन्द्र डी कार्कीले छायांकन गरेका छन् l दया र नम्रताको अलावा पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ लगायत कलाकारले अभिनय गरेका छन् l मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको कथामा यो चलचित्र बनेको छ ।