नायिका साम्राज्ञी राज्यलक्ष्मी र पुष्प खड्का चलचित्र ‘तिम्रो मेरो साथ’ को छायाङ्कनमा समापन भइसकेको छ l चलचित्रमा मुख्य भूमिकामा प्रस्तुत भएकी साम्राज्ञी र पुष्पको केही तस्बिर सार्वजनिक भएको छ l सो तस्बिर लाई साम्राज्ञीले सार्वजनिक गरेकी हुन् l तस्बिर मा साम्राज्ञी पुष्प सँग स्विमिङ पुलमा देखिएकी छिन् lपोखरामा एक गीतको छायांकनका क्रममा पुष्प र साम्राज्ञी स्विमिङ पुलमा देखिएका हुन् ।  पुष्प सँग रोमान्टिक बनेकी साम्राज्ञीले उक्त तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै "आफ्नो कामप्रति प्रेम र उमंग भयो भने जे पनि गर्न तयार हुनुपर्छ भनेर लेखेकी छिन्" ।

cine pati

रमेश एम् के पौडेलको निर्देशन रहेको चलचित्रलाई बोधी एच डी र आर्यन फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो l पुष्प र साम्राज्ञीको अलावा चलचित्रमा सरोज खनाल, सन्दीप क्षेत्री, खगेश्वर पुन लगायतका कलाकारको अभिनय रहेको छ l  नेपाल भन्दा पहिले अमेरिका, अष्ट्रेलिया र बेलायतमा प्रदर्शन गरिने ‘तिम्रो मेरो साथ’को पटकथा तथा संवाद सविर श्रेष्ठको रहेको छ l