कृष्ण कार्की र स्मिता दाहालको आवाजमा "साडी मलमल" सार्वजनिक भएको l बले एन्टरटेन्मेन्टको प्रस्तुतिमा गीत शब्द बिना भट्टराइले कोरेकी छिन् l मीन गुरुङको लय सिर्जनामा संगीत संयोजन महराज थापाले गरेका छन् l गीतको भिडियो शान थापाले निर्देशन गरेका हुन् l
सागर लम्साल (बले), हरिस निरौला (कक्रोज) ,दिपा-दमन्ता र प्रिज्मा -प्रिन्सी भिडियोमा फिचर्ड छन् l सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् l साथै भिडियोलाई सागरको आधिकारिक युट्युब च्यानल बले एन्टरटेन्मेन्ट बाट सार्वजनिक गरिएको छ l