चलचित्र "प्रशाद" लाई दर्शकले अत्याधीक मनपराए पछि निर्माण टिमले यसको दोश्रो सिक्वेल बनाउने पक्का भइसकेको छ l चलचित्रको मुख्य भूमिकामा विपिन कार्की र नम्रता श्रेष्ठ फाइनल भैसकेका छन्। यी दुईको अलावा चलचित्रमा निश्चल बस्नेतले पनि प्रवेश गरेका छन् l निर्माण टिमले निश्चल सँग औपचारीक सम्झौता गरिसकेको छ । सुशील पौडेलको लेखन रहेको चलचित्रलाई सुवास थापाले निर्माण गर्नेछन्। "प्रसाद १" कै टिमलाई लिएर निर्माण हुने चलचित्रलाई भने सौरभ चौधरीले निर्देशन गर्दै छन् l यस अघि प्रसादलाई दिनेश राउतको निर्देशनमा बनाइएको थियो l चलचित्र चैत्र बाट फ्लोरमा जाने तयारीमा रहेको छ।