चैत्र २७ लाई रिलिज मिति तोकिए सँगै चलचित्र ‘मन सँग मन’को छायांकन समापन भएको छ l कैलाश राईको को निर्देशन रहेको चलचित्रको छायांकन कालिन्चोकमा ‘सही दिउँला तिम्रो लागि’ बोलको गीतको सुटिङ सँगै चलचित्रको  सम्पूर्ण  सुटिङ सम्पन्न भएको हो।  पुष्प खड्का र वर्षा सिवाकोटी मुख्य भूमिकामा रहेको चलचित्रलाई अरुण तामाङले निर्माण गरेका हुन् । कालिन्चोकमा छायांकन गरिएको गीतमा पुष्प र वर्षा रोमान्टिक बनेका छन् । सौरभ लामाको छायांकन रहेको  चलचित्रको सम्पादन अर्जुन जिसीले गरेका हुन् l चलचित्रमा सन्तोष खवासको एक्सन समावेश छ ।