केही हप्ता अघि मात्रै चलचित्र सुदूर छोडेकी अभिनेत्री वर्षा सिवाकोटीले नयाँ चलचित्र साइन गरेकी छिन् l ‘कलिपुरुष’ साइन गरेकी वर्षाको उक्त चलचित्रलाई निर्देशक राघव आचार्यले निर्देशन गर्दै छन् l निर्देशक आचार्यले भारतमा रहेर केही वेब सिरिजमा काम गरेका थिए भने चलचित्र मेकिङमा पनि व्यस्त थिए ।चलचित्रको कथा बस्तु र त्यस भित्र रहेका टिमहरू आफूलाई मनपरेपछी सो चलचित्र साइन गरेको वर्षाले बताएकी छिन् l यती बेला उनी अभिनीत चलचित्र ‘लक्का जवान, मनसँग मन’ रिलिजको क्रममा छ । ‘कालिपुरुष’ वर्किङ टाइटल हो केही समय पस्चात चलचित्रको नाम परिवर्तन हुने सम्भावना रहेको छ l विना कार्कीको निर्माण रहने ‘कलिपुरुष’ मा मानकृष्ण महर्जनको छायांकन समावेश छ । इभाना इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रको छायांकन फागुनको अन्तिम साताबाट सुरु हुनेछ ।