हिजोआज मान्छेहरू आफ्नो ज्यानलाई लिएर निकै तनावमा देखिन्छन्। मोटाएको, दुब्लाएको, हृष्टपुष्ट नभएको, बलियो नभएको भन्दै मान्छेहरू यसको समाधानका लागि विभिन्न उपायहरू खोजिरहेका देखिन्छन्। सहरमा जिम सेन्टर खुल्ने क्रम पनि तीव्र छ।शरीरलाई स्वस्थ राख्न व्यायाम गर्नुपर्ने डाक्टरहरूले सल्लाह दिन थालेका छन्। यसले पनि सहरका जिम सेन्टरहरूमा मान्छेहरूको उपस्थिति बाक्लिन थालेको छ। दैनिक व्यायामले शरीरलाई तन्दुरुस्त बनाउने धेरैको आस हुन्छ। अर्कोतिर, शरीरलाई सुगठित बनाउन पनि मान्छेहरू जिम सेन्टर पुग्ने गरेका छन्। यसैलाई मध्यनजर राख्दै काठमान्डौ स्थित रातो पुलमा जिम हाउस खोलिएको छ l क्रिकेटर पारस खड्काको उद्घाटनमा "एन आरके फिट्नेस" हाउस सञ्चालनमा ल्याइएको हो l एन आरके फिट्नेसलाइ नवराज कार्कीले सञ्चालनमा ल्याएका हुन् l अभ्यास गरिरहँदा शरीर परिवर्तन हुँदै जान्छ। जति गर्यो उति ज्यानमा परिवर्तन आउने भएकाले यो एक प्रकारको नसा भएको र आफूले पनि गर्ने गरेको पारसले सो कार्यक्रममा बताएका थिए l यसो त पछिल्लो समय शरीर बनाउनेमा युवा पुस्ताहरूको लर्को छ l
शरीर त बन्छन् नै , दैनिक केही घण्टा ब्यायम गर्दा शरीर तन्दुरुस्त हुने गर्दछ l जिम सेन्टर पुग्नेहरूको आ-आफ्नो उद्देश्य हुन्छन्। दैनिक व्यायामले शरीरलाई स्वस्थ गराउँछ भन्ने केहीको सोचाइ हुन्छ भने कोही शरीरलाई सुगठित बनाउन पुग्छन्। विशेष गरी तन्नेरी पुस्ता शरीर सुगठित बनाउने उद्देश्य राखेर यस्ता सेन्टरमा पुग्छन्। पाखुरा मोटो र आकर्षक बनाउने, ‘सिक्स प्याक’ बनाउने, छाती चौडा गर्ने चाहना हुन्छ धेरैको जिम सञ्चालक नवराज भन्छन् l साथै जिम सेन्टरमा शारीरिक अभ्यास गर्ने र मोबाइल एपको सहयोगले खानपिनमा कन्ट्रोल गर्नेहरू धेरै छन् l