एभी न्युज २४ छाडेपछि सञ्चार कर्मी रबी लामिछानेले नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोरके’ च्यानल सञ्चालनमा ल्याएका छन् l एभि न्युजमा कार्यक्रम निर्माताको  रूपमा काम गरेका रबीले गोर्खा मिडिया नेटवर्कको सहकार्यमा नयाँ टेलिभिजन सञ्चालनमा ल्याएका हुन l ‘ग्यालेक्सी फोरके’ टेलिभिजनका म्यानेजिङ डाइरेक्टर बनेका रबीले मंगलबार काठमाडौँमा एक कार्यक्रम गर्दै नेपालमा पहिलो फोरके टिभी ल्याएको जानकारी दिएका छन् l टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे रहेका छन् । उनको कार्यक्रम सँगै च्यानलमा को बन्छ करोडपति, रामायण, सारेगम लगायत कार्यक्रम आउने छ l ‘आम सर्वसाधारणको ओझेलमा परेको मुद्दालाई प्राथमिकतामा राखेर आफ्ना न्युज र हेडलाइन बनाउने प्रतिबद्धता र विशिष्ट मनोरञ्जन प्रस्तुत गर्ने उद्यस्यका साथ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएको लामिछानेले बताएका छन् l