गायिका अन्जु पन्त र थिर कोइराला आज विवाहा बन्धनमा बाधीएका छन् l केही वर्ष देखी एक अर्काको प्रेममा रहँदै आएका अन्जु र थिर क्रिस्चिएन धर्ममा विश्वास राख्छन् l क्रिस्चिएन धर्म अनुसारनै विवाहा गरेका यी दुई जोडी विवाहा बन्धनमा बाधीएको खबर अन्जुकी छोरी परितोशिका पन्त ले सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी हुन् l केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने विषयमा कुराकानी भए पनि मिति पक्का नभएको प्रतिक्रिया सम्चारकर्मीलाई दिएकी थिइन् । दुई परिवारको उपस्थितिमा पाटनको चर्चमा यी जोडीको विवाहा भएको हो l प्रेममा रहेको खुलेता पनि गुपचुपमै विवाह गरेकी अन्जु मनोजराजसँग डिभोर्स पस्चात क्रिस्चिएन धर्ममा लागेकी थिइन भने थिर पनि क्रिस्चिएन धर्ममा विश्वास राख्दछन्  l