हास्य कलाकार तथा निर्देशक "डिट्ठा साव" किशोर भण्डारीको निर्देशन रहेको टेलीचलचित्र "हाम्री झ्याउँकिरी"ले ३ औ भाग पार गरी ४ औ भागमा प्रवेश गरेको छ l हाल्फ टाइम क्रिएसन च्यानल बाट प्रसारण भएको यस टेलीसिरियलले छोटो समयमै दर्शकको माया पाउनुका साथै दर्शकको सकारात्मक प्रतिक्रिया सहीत् ३ पार गरी ४ भागमा प्रवेश गरेको हो l

निर्देशक भण्डारीकै कथा लेखन रहेको टेलीचलचित्रमा किशोर भण्डारी , रेश्मा तिमल्सिना 'बुनूँ मैचा', कृष्ण भक्त महर्जनको अभिनय रहेको छ l जातीय छुवा छूतलाई तिखो ब्यङ्य प्रहार गरेको सो टेलिसिरियलाइ दुर्लभ श्रेष्ठको छायाङ्कन , सम्पादन ,कलिरिङ् र ग्राफिक्स समावेश छ l