रिकेश गुरुङ किज्को स्वर र संगीतमा नयाँ गीत सार्वजनिक भएको छ। गीतको बोल् रहेको छ 'अब आउन्या भया' l महेश काफ्ले र रिकेशको संयुक्तमा गीतको शब्द सिर्जना गरिएको हो l असीम शाहको निर्देशनमा आसिफ शाह र रेश्मा घिमिरेलाई भिडियोमा फिचर्ड गरिएको छ l

भिडियो सम्पादन सुनिल शिव भक्तिले गरेका हुन् l  भिडियोलाई जी टु वानको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ l