नायक पल साहा र चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष अरुण प्रधान बिच्को विवाद टुङगीएको छ l धरान इलाका प्रहरी कार्यालयमा एक अर्कालाई माफी माग्दै यी दुईको विवाद टुङगीएको हो l आफू माथि कुटपिट भएको भन्दै अरुणले पललाइ बिहीबार उजुरी दायर गरेका थिए l प्रधानको निवेदन परेपछि साहलाई शुक्रवार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । म्युजिक भिडियोको सुटिङ गर्न धरान पुगेका पलले आफ्नो म्यानेजर कृष्णप्रसाद जोशीलाई निर्देशन दिँदै प्रधानलाई हात पात गरेका थिए l साहले म्युजिक भिडियोको सुटिङ बिहीबार नै सकेका थिए ।