चलचित्र "कबड्डी" को चौथो सिक्वेल निर्माण हुने भएको छ l ‘कबड्डी ३’ रिलिज भएको करिब डेढ बर्षपछि यसको चौथो सिरिजको घोषणा गरेको छ । टाइटल पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा बारे निर्माण टिमले सामाजिक सञ्जालमा जानकारी गराएका हुन l यो चौथो सिक्वेलनै चलचित्रको अन्तिम सिक्वेल रहने छ l निर्देशक राम बाबु गुरुङको निर्देशन रहने चलचित्रको वैशाखदेखि फ्लोरमा जाने छ l पुराना र नयाँ कलाकार रहने चलचित्रको कथाको काम लगभग सकिएको छ । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । यसको निर्माणपक्षले दसैँमा चलचित्र रिलिज गर्ने तयारी गरेको बुझिएको छ ।