अलिफ खान र समीक्षा अधिकारीको आवाजमा गीत "वनैमा मनैमा" सार्वजनिक भएको छ l यादव लम्सालको शब्द रचना रहेको गीतको संगीत र एरेन्ज अर्जुन पोख्रेलले गरेका छन् l विधान कार्कीको निर्देशनमा रहेको गीतको भिडियोमा अजय श्री, चाहाना बस्याल रञ्जित पौडेल र समीक्षा पोख्रेल फिचर्ड छन्
l उत्सव दाहालको छायाङ्कन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् l भिडियोलाई दी डिभाइन म्युजिकको आधिकारीक युट्युब च्यानल बाट रिलिज गरिएको छ l