यतिबेला चलचित्र ‘छक्का पञ्जा २’को दोस्रो गीतको धमाधम छायाँकन भइरहेको छ । मुलपानीमा बिहिबारबाट गीतको छायाँकन सुरु भएको हो । चलचित्रकी निर्देशक दिपाश्री निरौलाको अनुसार गीतको छायाँकन लगभग ३ देखी ४ दिन सम्म हुने बताउछिन् । कोरियोग्राफर कविराज गहतराजको नृत्य निर्देशनमा रहेको गीतमा अभिनेत्री प्रियंका कार्की, विल्सन विक्रम राई, बुद्धि तामाङ र दिपकराज गिरी नृत्य गरेका छन् ।
६० जना कोरासलाई ढाकाको पहिरनमा सजाएर वरिपरी ढाकाको नै सेट बनाएर कविराज ‘छक्का पन्जा २’ को गीत छायाँकन भइरहेको छ ।
हरिवंश आचार्य र आस्था राउतको आवाजमा रहेको ‘तिमी त्यो किनारामा, म यो किनारामा‘.,मनमा माया भएपछि, लेख्या हुन्न निधारमा’ बोलको गीतको भिडियो तयार भैरहेको हो। गीतमा किरण कंडेलको संगीत र उत्तम संजेलको शब्द रहेको छ।