घमेश दुलाल र प्रविषा अधिकारी को बनमा खयर गीत सार्वजनिक भएको छ । उक्त गीतमा हास्यकलाकार बुद्धि तामाङ पुरुषोत्तम सिग्देल र सत्यकला लामाको अभिनय रहेको छ ।
लोक दोहोरी क्षेत्रमा एक छत्र राज गर्न सफल गायक घमेश दुलाल एक दशक भन्दा बढि सम्म गुमनाम भए । उनका गीतहरु सुन्न स्रोता तथा दर्शकले रेडियोमा कान थाप्नु पर्थ्यो कि युटुवमा खोज्न थाल्नुपर्थ्यो ।
उनका शुभचिन्तकको मनमा लागेथ्यो अब घमेश दुलालका नयाँ गीत आउने छैन । उनका चर्चित गीतहरु नारायण थान मा गेट, दमौली मा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठी लगायत दर्जनौं गीत हरुले स्रोता तथा दर्शकको मनमा अड्डा जमाएइसकेका छन् ।
गुमनाम जस्तै भएका गायक घमेशको जिवनले कोल्टे फेरेको छ, पछिल्लो समय उनी हरेक दिन जसो नयाँ सृजनामा तल्लिन छन् केहि समय अगाडी देखि चाडपर्व केन्द्रित लोक गितहरु गर्दै आएका दुलाल लोक दोहोरीका नयाँ तथा पुराना भाका संरक्षण तथा प्रर्वदनमा लागि परेका छन् । काठमाडौंको मुटु अनामनगर घट्टेकुलो चोकमा एक्सन स्टुडियो नेपाल नामक रेकर्डिङ स्टुडियो पनि संचालमा ल्याएका छन् भने यसकै उपज को रुपमा ११ वर्ष पछिको पुनरागमन सहितको नयाँ लोक दोहोरी बजारमा ल्याएका छन् ।
वनमा खयर मा घमेशलाई युवा पुस्ताकी प्रतिभाशाली गायिका प्रविशा अधिकारीले साथ दिएकी छन् । चर्चीत रचनाकार शिव हमालले यो गीतको शब्द रचना गरेका छन् । गीतमा संगीतकार तथा गायक प्रभावन जे को संगीत रहेको छ । घमेश र प्रभावन जे २ दशक अघि देखि रेडियो नेपालमा गीत गाउँदा समय देखिका दौंतरी समेत हुन् । गीतको संगीत संयोजन चर्चित एरेन्जर कमल सौरागले गरेका हुन् ।
डिएआर मुभिजको अफिसियल युट्युब च्यानलबाट दर्शक तथा स्रोता माझ आइसकेको छ भने उक्त भिडियोमा निकै मिहेनत गरीएको डिएआर मुभिजका राजाराम गौतमले बताएका छन् । भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरुषेत्तम सिग्देलको अभिनय रहेको छ । भिडियोमा वरिष्ठ नृत्य निर्देशक कमल राईको निर्देशन रहेको छ भने छायाँकन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका छन् । सोलुखुम्बुको रमणिय स्थलमा भिडियो छायांकन गरीएको डीएआर मुभिजका विवेक चौलागाईले बताए ।
केही समय अगाडि भुल लोक दोहोरी गीत मार्फत दुलाल आउने चर्चा भएको थियो । भुलमा लोकप्रिय गायिका अन्जु पन्तले घमेशलाई साथ दिएकि छन् । उक्त गीतको सुटिङ गर्न उपयुक्त समयको पर्खाईमा रहेकाले वनमा खयर त्यो भन्दा अगाडि आएको एक्सन स्टुडियोका संचालक तथा गायक सर्जक श्याम धितालले बताए । यसपछि पनि उनका लगातार गीत आउने तयारीमा रहेका छन् ।
भिडियो हेर्नुहोस :