नायक पल शाह र नायिका मलिका महत अभिनीत गीत ‘टाढा भएपनि’ले युट्युबमा रेकर्ड राखेको छ । नेपाली गीतसङ्गीतमा छोटो समयमा करोड पटक हेरिने गीतको रेकर्ड राख्न सफल भएको हो । अस्मिता अधिकारीको स्वर, उर्गेन दोङको शब्द तथा सङ्गीत रहेको गीतले रिलिज भएको १५ औँ दिनमै एक करोड भ्युज पाउन सफल भएको छ । यसअघि पल र मलिकाकै अभिनय रहेको ‘फुल बुट्टे सारी’ले रिलिज भएको १८ दिनमा १ करोड भ्युज पाएको थियो । फुल बुट्टे सारीको रेकर्ड भने टाढा भएपनिले गर्न सफल भएको छ ।