नायिका स्वस्तिमा खड्का र कलाकार अर्पण थापाको मुख्य भूमिका रहेको चलचित्र ‘चिसो मान्छे’को आजबाट छायाङ्कन शुभारम्भ भएको छ । दीपेन्द्र के खनालको लेखन, निर्देशन र छायाङ्कनमा बन्न लागेको चलचित्रलाई निर्माण शर्मिला पाण्डेले गदै छिन् । सोमबार बिहानीको राजधानीको एक मन्दिरमा चलचित्रको टिमले पूजा गर्दै छायाङ्कन सुरु गरिएको हो । चलचित्रको छायाङ्कन काठमाडौँ देखि बाजुराको विभिन्न स्थानमा हुने छ । समाजमा रहेका चिसो मान्छेहरूको कथामा बन्न लागेको चिसो मान्छे चलचित्रको छायाङ्कन घाममा नगरिने बताइएको छ । चलचित्रमा स्वस्तिमा र अपर्णसँगै देशभक्त खनाल, अशान्त शर्मा लगायतका कलाकारको अभिनय रहने छ । केही समय अघि चिसो मान्छेको लागी नायिका खड्कासँगै चलचित्र टिम बाजुरा पुगेर लोकेसन हन्ट गरेको थियो । चिसो मान्छेको छायाङ्कन सुरु सँगै निर्माणपक्षले भदौ ११ गते चलचित्र रिलिज मिति पनि तय गरेको छ ।