नायिका स्वस्तिमा खड्काले साउथ चलचित्र गर्ने समाचार बाहिरिएसँगै उनले ‘थिरिमाली’ नामको चलचित्र साइन गरेकी छिन् । केही दिन अघि काठमार्डौँको एक होटेलमा स्वस्तिमा र चलचित्रको निर्माण टिम बिच कागजी सम्झौता भएको हो । चलचित्रलाई दक्षिण भारतीय कम्पनी एन्जल मरिया सिनेमाज् र नेपालको तर्फबाट अनन्या फिल्मस्ले मिलेर निर्माण गर्न लागेको हो । राजीव सेट्ठिको निर्देशन रहने 

चलचित्रको ७ं० प्रतिशत छायाङ्कन नेपाल र ३० प्रतिशत छायाङ्कन भारतमा हुने बताइएको छ । नेपालको काठमाडौँ र मुस्ताङमा छायाङ्कन हुने चलचित्रमा स्वस्मितसँगै माओत्से गुरुङ र केही नेपाली थिएटर कलाकारको अभिनय हुनेछ भने त्यस्तै भारतीय कलाकारमा  विबिन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्माको मुख्य भूमिका रहनेछ ।